यामाहाले ल्यायो ‘अन्डरटेबल अफर’



अफरमा ग्राहकले सहुलियत ब्याजदरमा ईएमआई र अन्य सुविधा पाउनेछन् । योजनाअन्तर्गत ग्राहकले ईएमआईमा यामाहाको मोटरसाइकल तथा स्कुटर खरिद गर्दा ७.९९ प्रतिशत ब्याजदरमै ईएमआई सुविधा पाउनेछन् । कम्पनीले मोटरसाइकलको मूल्यको ४० प्रतिशत रकम डाउन पेमेन्ट गर्ने ग्राहकलाई सस्तो ब्याजदर अफर गरेको हो । कम्पनीले नयाँ स्किममा ब्याजदर मात्रै कम तोकेको छैन, फाइनान्स सुविधामा लचकता पनि अपनाएको छ । फाइनान्स प्रोसेसका लागि चाहिने डकुमेन्टहरू सरलीकरण गरिएको कम्पनीको भनाइ छ ।
बाँके ।

यामाहाले मोटरसाइकल तथा स्कुटरमा ‘यामाहासँग अन्डरटेबल अफर’ योजना सुरु गरेको छ । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लू राइडले क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसरमा उक्त अफर ल्याएको हो ।

कम्पनीका अनुसार यस अफरमा ग्राहकले सहुलियत ब्याजदरमा ईएमआई र अन्य सुविधा पाउनेछन् । यस योजनाअन्तर्गत ग्राहकले ईएमआईमा यामाहाको मोटरसाइकल तथा स्कुटर खरिद गर्दा ७.९९ प्रतिशत ब्याजदरमै ईएमआई सुविधा पाउनेछन् ।

कम्पनीले मोटरसाइकलको मूल्यको ४० प्रतिशत रकम डाउन पेमेन्ट गर्ने ग्राहकलाई सस्तो ब्याजदर अफर गरेको हो । सीमित अवधिका लागि मात्रै भन्दै सुरु भएको स्किम पुस १० गतेबाट कार्यान्वयवमा ल्याएको छ । कम्पनीले नयाँ स्किममा ब्याजदर मात्रै कम तोकेको छैन, फाइनान्स सुविधामा लचकता पनि अपनाएको छ । फाइनान्स प्रोसेसका लागि चाहिने डकुमेन्टहरू सरलीकरण गरिएको कम्पनीको भनाइ छ ।

यस योजनाअन्तर्गत टेस्ट ड्राइभ एन्ड विन अभियान पनि चलिरहेको छ । हरेक मोटरसाइकल टेस्ट ड्राइभ गर्ने उपहार पाउनेछन् । साथै, लक्की ड्रबाट एक जनाले आकर्षक उपहार पाउनेछन् ।

‘ड्रिम इट, वन इट’ योजना खासगरी वित्तीय योजना हो । कम ब्याजदरमै यामाहाका साधन किन्न चाहनेले यसबाट राम्रो लाभ लिन सक्नेछन् । विगत १५ वर्षदेखि एफआई टेक्नोलोजीमा सफलता हासिल गरिरहेको यामाहाका मोटरसाइकलहरू सहज तरिकाले तपाईहरूले घर लान सक्नुहुनेछ,’ एमएडब्लू राइडका कार्यकारी निर्देशक तथा सीईओ दीपक अग्रवालले भने ।

साथै, ग्राहकले ईएमआईका लागि इजी डक्युमेन्टेसन र इजी पेमेन्ट मोडल्स् सुविधा पनि पाउने कम्पनीले जनाएको छ । यसका अलावा मोटरसाइकल तथा स्कुटर खरिद गर्न आएका ग्राहकलाई कम्पनीले टेस्ट राइडको अवसर दिनेछ ।

यो अफर यामाहाको नेपालगन्ज, कोहलपुर, गुलरियालगायतका देशभरका सबै आधिकारिक शोरुमहरूमा पाइने कम्पनीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ पुस १५ गते सोमबार