संविधानसभा सदस्य सिद्दिकीको निधन



बाँके ।

नेपालगन्ज निवासी संविधानसभा सदस्य अब्दुल हमिद सिद्दिकी (भोला) को निधन भएको छ । उनको सोमबार राति हृदयघातबाट निधन भएको नेपाली कांग्रेस बाँकेका सचिव सुधांशु कोइरालाले जानकारी दिए ।

कांग्रेस बाँकेका नेतासमेत रहेका ६० वर्षीय सिद्दिकीको नेपालगन्ज उपमहानगरपालिका– ४ गणेशपुरस्थित निवासमै निधन भएको थियो ।

इमान्दार र जुझारू स्वभावका सिद्दिकी दोस्रो संविधानसभा २०७० मा समानुपातिकतर्फ सभासद् भएका थिए ।

उनको अन्त्येष्टि धार्मिक परम्पराअनुसार मंगलबार नै गरिएको कांग्रेस बाँकेका सचिव कोइरालाले जानकारी दिए ।

सिद्दिकीको निधनमा कांग्रेस बाँकेले पार्टी कार्यालयमा आधा झन्डा झुकाउने निर्णय समेत गरेको छ । मंगलबार एक दिन नेपालगन्जस्थित नेपाली कांग्रेस बाँकेको कार्यालय बन्द गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८१ मंसिर ५ गते बुधबार