नेपालगन्जमा सुरु भयो बिवाइडी एक्सचेन्ज क्याम्प



बाँके ।

बिल्ड योर ड्रिम्स (बिवाइडी) गाडीको नेपालगन्जका लागि आधिकारिक बिक्रेता टिम इलेभेन इभी वल्र्ड प्रालिमा एक्सचेन्ज क्याम्प सुरु भएको
छ । शुक्रबारदेखि सुरु भएको एक्सचेन्ज क्याम्प आइतबारसम्म चल्ने टिम इलेभेन ईभी वल्र्डका प्रबन्ध निर्देशक बसन्त भण्डारीले जानकारी दिए ।

उनका अनुसार ग्राहकहरूको माग र आवश्यकतालाई ध्यान राखेर पहिलोपटक एक्सचेन्ज क्याम्प नेपालगन्ज क्षेत्रमा सञ्चालन गरिएको बताए । ‘यस क्षेत्रमा बिवाइडीको एक्सचेन्ज क्याम्प पहिलोपटक भएको हो,’ वल्र्डका प्रबन्ध निर्देशक भण्डारीले भने, ‘आइतबारसम्म एक्सचेन्ज क्याम्प चल्नेछ ।’

चलिरहेको बिवाइडीको एक्सचेन्ज क्याम्पमा जुनसुकै पुराना गाडीसँग साटेर नयाँ विद्युतीय गाडी चढ्न पाइनेछ । यो एक्सजेन्ज अफर कोहलपुर–नेपालगन्ज सडकखण्डको राँझा चोकनजिकै गनापुरमा रहेको बिवाइडीको बिक्रेता टिम इलेभेन ईभीमा सञ्चालन भइरहेको छ ।

तीनदिने एक्सचेन्ज क्याम्पमा अन्य धेरै सुविधाहरू समेत समावेश गरिएको छ । ‘विद्युतीय कार बिक्रीको हिसाबले विश्वकै सबैभन्दा ठूलो बिवाइडीका गाडीहरू हामीले तीन वर्षदेखि बिक्री गरिरहेका छौं,’ प्रबन्ध निर्देशक भण्डारीले मिसन टुडेसँग भने, ‘ग्राहकको माग र आवश्यकतालाई ध्यानमा राखेर बिवाइडी एक्सचेन्ज क्याम्प सुरु भएको हो ।’

उनका अनुसार बिवाइडी एक्सचेन्ज क्याम्पमा जुनसुकै कम्पनीका गाडीहरू एक्सचेन्ज गरेर बिवाइडीका नयाँ गाडी चढेर जान पाइनेछ ।
प्रबन्ध निर्देशक भण्डारीका अनुसार पुराना गाडी साटेर नयाँ गाडी लैजाँदा एक्सचेन्ज बोनसको सुविधासमेत रहेको छ ।

‘कुनै पनि कम्पनीका पुराना गाडी ल्याएर नयाँ बिवाइडीका गाडी लिएर जान पाइनेछ । एक्सचेन्ज गर्दा मूल्यांकनमा थप बोनससमेत पाइन्छ,’ उनले भने, ‘सीमित अवधिका लागि सुरु भइसकेको यो अफरमा लाभ लिनुहुन सबैलाई आग्रह गर्दछु ।’

पहिलो दिन शुक्रबार ५० बढीले जना बढीले भिजिट गरेको बताइएको छ । बिवाइडी एक्सचेन्ज क्याम्पमा तत्कालै पुराना गाडीको मूल्यांकन, गाडी किनेमा तत्कालै फाइनान्सको सुविधालगायतका अफरहरू रहेका छन् ।

२० प्रतिशत मात्रै डाउन पेमेन्टमा बिवाइडीका जुनसुकै गाडी चढ्न सकिने आधिकारिक बिक्रेता टिम इलेभेन ईभी वल्र्डले जनाएको छ । हालसम्म नेपालगन्जबाट मात्रै बिवाइडीका विभिन्न मोडेलका १ सय ५० वटाभन्दा बढी गाडीहरू बिक्री भइसकेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ वैशाख २२ गते शनिबार