काठमाडौं । दाङको घोराही-तुलसीपुर सडकखण्डमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
रा ५ प ५४५३ नम्बरको मोटरसाइकल आज बिहान करिब ६ बजे घोराही उपमहानगरपालिका वडा नं. १६ सर्रा चोकमा दुर्घटना हुँदा रोल्पाको त्रिवेणी गाउँपालिका ५ का २१ वर्षीय विजय पुन र २४ वर्षीय नेत्र भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रत्यक्षदर्शीका अनुसार साइकल चालकलाई जोगाउन खोज्दा मोटरसाइकल पल्टिएको थियो । दुर्घटनास्थलमा साइकल भेटिए पनि साइकल चालक पत्ता लागेका छैनन् ।
प्रकाशित मिति : २०८० फागुन ९ गते बुधबार









प्रतिक्रिया दिनुहोस्