कोहलपुर ।
पछिल्लो समय नेपाली समाजमा परोपकारको भावना मर्दै गएको अवस्थालाई चिर्दै बाँकेको कोहलपुर–११ मा रहेको बालज्योति सेकेन्डरी स्कुलले आफनो विद्यालयमा अध्यनरत विद्यार्थीहरूलाई सामाजिक उत्तरदायित्व बहन गर्ने कार्यक्रममा सहभागी बनाउन थालेको छ ।
विद्यालयमा कक्षा ७ मा अध्ययनरत विद्यार्थीहरूको सक्रियतामा विद्यार्थीहरूबाट संकतिल मुठीदानबाट प्राप्त १ क्विन्टलभन्दा बढी चामल र दाल कोहलपुरमा रहेको नील सागर आश्रमलाई हस्तान्तरण गरिएको छ ।
मासिक अभियानका रूपमा सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिने सोच बनाएको विद्यालयले नील सागर आश्रमस्थल कोहलपुर–५ को कार्यालयमै पुगरे उक्त मुठी दान चामल हस्तान्तरण गरेको विद्यालयका प्रिन्सिपल दामोदर पौडेलले बताए ।
विद्यालयका संस्थापक लक्ष्मीदेवी सुवेदीसहित विद्यालयमा अध्यनरत बालबालिकाले नील सागर आश्रम कोहलपुरकी प्रमुख अञ्जु नील सागरलाई सो चामल हस्तान्तरण गरेका थिए । सो दान ग्रहण गर्दै नील सागरकी प्रमुद अञ्जुले विद्यालयले परोपकारी जस्तो मानवीय काममा विद्यार्थीहरूलाई लाग्न अभिप्रेरित गरेकोमा विद्यालयको प्रशंसा गरेकी थिइन् ।









प्रतिक्रिया दिनुहोस्