नेपालगन्ज।
चिसो अत्यधिक बढेपछि बाँकेका विद्यालयमा पठनपाठन बन्द गरिएको छ । चिसोका कारण बालबालिका बिरामी पर्न थालेपछि विद्यालय बन्द गरिएको हो । नेपालगन्ज उपमहानगरपालिका र जानकी गाउँपालिकाले चिसोलाई मध्यनजर गर्दै विद्यालय बन्द गराएका छन् । नेपालगन्ज उपमहानगरपालिकाले पुस ४ गतेदेखि पुस ६ गतेसम्म बिदा दिने निर्णय गरेको शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापाले जानकारी दिए ।
त्यस्तै, ४ र ५ गते विद्यालय बन्द गर्ने निर्णय गरेको निमित्त शिक्षा शाखा प्रमुख झुमीकुमारी ओलीले बताइन् । त्यस्तै, शीतलहरसँगै चिसो बढेपछि नेपालगन्ज उपमहानगरपालिकाका विभिन्न सार्वजनिक ठाउँ तथा चोकहरूमा सामूहिक आगो ताप्ने व्यवस्था गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाले दाउरा वितरण गरेर सर्वसाधारणलाई चोकचोकमा आगो ताप्ने व्यवस्था गरेको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, नगर प्रमुख प्रशान्त विष्ट, प्रवक्ता प्रमोद रिजाल, जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगी, नगर प्रहरी प्रमुख सूर्यबहादुर बोगटीलगायतले नगरका मुख्य ठाउँहरूमा दाउरा वितरण गरेर सर्वसाधारणलाई आगो ताप्ने व्यवस्था मिलाएका छन् ।









प्रतिक्रिया दिनुहोस्