नेपालगन्ज ।
मुद्रण व्यवसायी कुसुम बस्नेतको निधनमा भोली (मंगलवार) बाँकेका मुद्रण उद्योग बन्द हुने भएका छन् । शुक्रबार भालुवाङको सवारी दुर्घटनामा बस्नेतको निधन भएको थियो ।
अगुवा महिला उद्योगी तथा पूर्व अध्यक्षको निधनमा व्यवसाया बन्द गर्न आह्वान गरिएको नेपाल मुद्रण उद्योग संघ बाँकेका अध्यक्ष विनोद पौडेलले जानकारी दिए। बस्नेत मुद्रण क्षेत्रमा महिलाको प्रतिनिधित्व गर्दै अफसेट प्रविधिमा पहिलो इतिहास सहित बाँकेको चिनारी थिइन् ।
यति मात्रँै नभइ, नेपाल मुद्रण उद्योग संघ बाँकेको संस्थापक सदस्य, नेपाल मुद्रण उद्योग महासंघको पुर्व केन्द्रीय सदस्य तथा नेपाल मुद्रण उद्योग संघ बाँकेको निवर्तमान अध्यक्ष समेत रहेकी थिइन् ।
उनको निधनको शोकमा भोली (मंगलवार)नैँ दिउँसो दुई बजे बस्नेतको अम्बिकेश्वरी छापाखानामा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको अध्यक्ष पौडेलले जानकारी दिए । संघले उक्त कार्यक्रममा उपस्थित लागि अनुरोध समेत गरेको छ ।









प्रतिक्रिया दिनुहोस्