कोहलपुर।
पौडेल वंश महासंघ नेपालको दोस्रो राष्ट्रिय महाधिवेशन शुक्रबारबाट कोहलपुरमा सुरु भएको छ । प्रमुख अथिति रहेका नेपाल संस्कृत विश्वविद्यालयका रजिस्टार प्रा.माधव अधिकारीले पानसमा बत्ती बालेर महाधिवेशनको उद्घाटन गरेका हुन् । सो अवसरमा बोल्दै उनले पौडेल बन्धुहरू जहाँ बसे पनि आफ्नो जन्मथलो र कर्मथलोलाई सिँगार्न लागिपरिरहेको बताए ।
पौडेल बन्धुहरू जहाँ भए पनि संगठित रहेको उनको भनाइ छ । एउटा सफल नेतृत्व चयन गरी पौडेल बन्धुहरूलाई अझै एकीकृत गर्न सफलता मिलोस् भनी शुभकाना दिए । सुरुमा देश तथा विदेशमा छरिएर रहेका पौडेल बन्धुहरूलाई एउटै संगठनमा राख्न पौडेल वंश महासंघ स्थापना गरिएको अध्यक्ष लोकनाथ पौड्यालले बताए । उनले संघले आजका दिनसम्म आइपुग्दा विभिन्न बाधा अवरोध झेल्दै जिल्ला जिल्लामा समिति गठन गर्न सफल भएको बताए ।
महाधिवेशनमा मयूर नृत्य, खैँजडी भजनलगायतका संस्कृति झल्काउने नृत्यसमेत प्रस्तुत गरिएको थियो । उद्धवप्रसाद पौडेलले सञ्चालन गरेको कार्यक्रममा दुई जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो । महाधिवेशनमा ५ सय ५० प्रतिनिधि, २ सय ५० परिवेक्षक, ३ सय अन्य सहभागी रहेको सो अववरमा जानकारी दिइएको थियो । महाधिवेशन आज समापन हुनेछ ।









प्रतिक्रिया दिनुहोस्