
फाइल तस्बीर
बाँके । डुडुवा गाउँपालिका–६ बाट प्रहरीले अवैध काठ बरामद गरेको छ । बुधबार डुडुवा–६ बकौलीबाट प्रहरीले सालका गोलिया बरामद गरेको हो ।
जिल्ला वन कार्यालय बाँके र हिरमिनियाबाट गएको प्रहरीको संयुक्त टोलीले ५ फिट लम्बाइ ६९ इन्च गोलाइ भएका ११.९१ क्यु फिट काठ बरामद गरेको थियो । सो काठको बजार मूल्य अन्दाजी ४६ हजार रुपैयाँ पर्ने जनाइएको छ ।
आबश्यक कारबाहीका लागि सो काठ जिल्ला वन कार्यालय नेपालगन्ज पठाएको बाँके प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८० पुस १२ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्