एजेन्सी, १० कार्तिक/  अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकीहरुको, दुखाइ कम गर्ने र अन्य नसालु औषधीहरु प्रयोग गर्ने लतलाई राष्ट्रिय लज्जा भन्दै जनस्वास्थ्यसम्बन्धी संकटकाल घोषणा गरेका छन । ट्रम्पले दुखाई कम गर्ने यस्ता औषधीको दुरुपयोगलाई लक्षित गरि यो घोषणा गरेका हुन ।

यस्ता औषधीको प्रयोगका कारण प्रत्येक दिन १ सय ४० भन्दा बढी अमेरिकीहरुको ज्यान जाने गरेको वताइएको छ । राष्ट्रपति ट्रम्पले यसअघि नै जनस्वास्थ्यसम्बन्धी राष्ट्रिय संकटकाल घोषणा गर्ने बाचा गरेका थिए ।

बिहीबार ह्वाइट हाउसमा बोल्दै ट्रम्पले अहिलेको समयमा अमेरिकीहरुको कार दुर्घटना र बन्दुकका कारण हुने मृत्युको संख्या भन्दा दुखाई कम गर्ने र अन्य नसालु पदार्थको प्रयोगका कारण बढी मृत्यु हुने गरेको बताए ।

अहिलेको घोषणाले जनस्वास्थ्यसम्बन्धी देखिएको संकटसँग जुध्नका लागि अनुदान रकम प्रयोग गर्न निर्देशित गर्दछ ।