कोहलपुरमा लायन्सको रक्तदान ः ६७ प्वाइन्ट रगत संकलन



बाँके ।

कोहलपुरमा सोमबार गरिएको बृहत् रक्तदान कार्यक्रममा ६७ प्वाइन्ट रगत संकलन भएको छ ।

लायन्स क्लब अफ कोहलपुर, लायन्स सयपत्री, लायन्स प्रोफेसनल र नेपाल रक्तदान समाजले संयुक्तरूपमा रक्तदान कार्यक्रमको आयोजना गरेका थिए । प्राविधिक सहयोग भने कोहलपुर ब्लड बैंकले गरेको थियो ।

कार्यक्रममा ६७ जनाले रक्तदान गरेको लायन्स क्लब ३२५ एम एरिया ४ का रिजन चियरपर्सन चण्डीप्रसाद गैरेले जानकारी दिए ।

‘जस्तोसुकै परिस्थितिमा पनि रगतको अभावले बिरामीहरूको अकालमा मृत्यु नहोस् भन्ने पवित्र भावनाका साथ कोहलपुर क्षेत्रमा रहेका लायन्स क्लबहरूको आयोजनामा कार्यक्रमको आयोजना गरिएको हो,’ उनले भने, ‘६७ जनाले कार्यक्रममा रक्तदान गर्नुभयो । हामी उहाँहरूप्रति आभारी छौं ।’

कार्यक्रममा उद्योगी व्यवसायी, नगर प्रहरी, यातायात व्यवसायीलगायतले रक्तदान गरेका थिए ।

लायन टिपी न्यौपानेले चिसो मौसममा बिरामीको संख्यामा वृद्धि हुनसक्ने बताउँदै स्वास्थ्य संस्थाहरूमा रगतकै अभावमा कसैले ज्यान गुमाउन नपरोस् भन्ने अभिप्रायले रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए । कार्यक्रममा सन्तोषजनक रूपमा रगत संकलन भएको भन्दै उनले सबै रक्तदाताहरूलाई आभार व्यक्त गरे ।

लायन्स क्लब अफ कोहलपुरका अध्यक्ष उत्तम ढकाल, लायन्स क्लब सयपत्रीका अध्यक्ष यामकुमारी न्यौपाने, लायन्स क्लब कस्तुरीका अध्यक्ष प्रकाश खड्का, लायन्स प्रोफेसनलका अध्यक्ष भरत पनेरू, नेपाल रक्तदाता समाजका संयोजक चिन्तामणि धिताललगायतको रक्तदान कार्यक्रममा उपस्थिति रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८० मंसिर २६ गते मंगलबार