देशभर घट्दै छ तापक्रम, बढ्दै छ चिसो



बाँके ।

मनसुन बिदा भएसँगै मुलुकभर बिस्तारै चिसो बढ्दै गएको महसुस भएको छ। काठमाडौँ उपत्यकामा त बिहान–बिहान पातलो ज्याकेट लगाउनुपर्ने भइसकेको छ।

मौसमविद्का अनुसार मनसुन (पूर्वी वायु) हटेसँगै पश्चिमी वायु सक्रिय हुन थालेकाले चिसो बढ्न सुरु भएको हो।

पश्चिमी वायुले उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात गराउँछ भने अन्य स्थानमा वर्षा गराउँछ। जसले तापक्रम घटाउने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झा बताउँछन्।

‘देशव्यापी रूपमै तापक्रम घट्दो क्रममा छ’, उनले भने, ‘काठमाडौँ उपत्यकाको कुरा गर्ने हो भने यही अक्टोबर १ का दिन न्यूनतम तापक्रम १९ डिग्री थियो, आज १३ डिग्रीमा झरिसक्यो।’ अर्थात् एक हप्ताभित्र तापक्रम ६ डिग्री ओरालो लागिसक्यो।

  • No tags available
प्रकाशित मिति : २०८० असोज ३० गते मंगलबार