नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै



काठमाडौं ।

संविधानसभा अध्यक्ष सुवास नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ।

नेम्वाङको सोमवार राति निधन भएको थियो। दुई दिनसम्म पार्टी कार्यालय, च्यासलमा राखिएको उनको पार्थिव शरीरलाई बुधवार बालुवाटारस्थित निवासमा लगिएको छ।

एमालेको केन्द्रीय प्रचार एवं प्रकाशन विभागका सचिव गगन विष्टका अनुसार विहान ११ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि गरिनेछ।

त्यसअघि शवयात्रा हुनेछ। शवयात्रा बालुवाटार, शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल, गौशाला हुँदै पशुपति आर्यघाटमा पुग्नेछ। अन्त्येष्टिका दिन आज सरकारले सार्वजनिक बिदा पनि दिएको छ।

 

  • No tags available
प्रकाशित मिति : २०८० भदौ २८ गते बिहीबार