बाँकेका सञ्चारकर्मीहरूको निःशुल्क मिर्गौैला परीक्षण



नेपालगन्ज ।

बाँकेका सञ्चारकर्मीहरूको निःशुल्क मिर्गौला परीक्षण गरिएको छ ।

नेपाल प्रेस युनियन बाँकेका संस्थापक अध्यक्ष एवम् प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नालाल गुप्त ‘चाचाजी’को ९५औं जन्मजयन्तीका अवसरमा मंगलबार नेपालगन्जमा सञ्चारकर्मीको निःशुल्क मिर्गाैला परीक्षण गरिएको हो ।

प्रेस युनियन बाँके र पन्नालाल गुप्त स्मृति प्रतिष्ठानको संयुक्त आयोजना तथा सेन्ट्रल सिटी हस्पिटलको सहकार्यमा ६८ जना सञ्चारकर्मीको मिर्गाैला परीक्षण गरिएको थियो ।

युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालको सभापतित्व एवम् युनियनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष प्रेम केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो ।

  • No tags available
प्रकाशित मिति : २०८० भदौ २७ गते बुधबार