जुम्ला ।
जुम्लाबाट मुगुतर्फ जाँदै गरेको जीप दुर्घटनामा परेको छ । केही समयअघि कनकासुन्दरी गाउँपालिका–४ ठगुरेना भन्नेमा ठाउँमा जीप दुर्घटना भएको हो ।
दुर्घटना परी दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको पहिचान भने हुन सकिरहेको छैन ।
भे १ ज १०९९ नम्बरको बोलेरो जीप सडकबाट करिब ३ सय मिटर तल खसेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।
प्रकाशित मिति : २०८० भदौ १७ गते आइतबार









प्रतिक्रिया दिनुहोस्