गाईभैसीलाई सुत्केरी भत्ता दिदैं कोहलपुर नगरपालिका



कोहलपुर ।

कोहलपुर नगरपालिकाले गाई, भैसीलाई सुत्केरी भत्ता दिने भएको छ ।

नगरकार्यपालिको कार्यालय पशुसेवा शाखाको आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार उक्त भत्ता दिन लागिएको प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले जानकारी दिए । सुत्केरी गाईभैसीलाई दुई हजार भत्ता दिइने छ ।

उक्त कार्यका लागि नगरपालिका भित्र रहेका पशुपालक कृषकहरुले पालन गरेका पशु (गाई, भैसी) को लगत लिन सूचना नै जारी गरेको छ । यसअघि समेत दिइने आएको पशुलाई सुत्केरी भत्ता कार्यक्रमलाई यसवर्ष समेत निरन्तरता दिइएको कोहलपुर नगरपालिकाले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८० भदौ ५ गते मंगलबार