नवनियुक्त मन्त्री साहको शपथ १० बजे



काठमाडौँ ।

नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनितादेवी साहको आज बिहान १० बजे राष्ट्रपतिबाट शपथ गराउने भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सांसद अमनलाल मोदीलाई पार्टीले फिर्ता बोलाएसँगै जनमत पार्टीकी सांसद अनितादेवी साहलाई मन्त्रीमा नियुक्त हुनु भएको थियो ।

नवनियुक्त मन्त्रीको शपथ १० बजे हुने राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । कार्यालयले सञ्चारकर्मीलाई समेत कार्यक्रममा आमन्त्रण गरेको जनाएको छ ।

साहलाई सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिने निर्णय भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आइतबार नै जानकारी दिनुभएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८० साउन २९ गते सोमबार