पोखरा ।
बागलुङको इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) उज्वल पौडेलको मृत्यु शंकास्पद देखिएको भन्दै प्रहरीले अनुसन्धान थालेको छ ।
घटनाको अनुसन्धानको क्रममा उनी मृत भेटिएका आशा होटलका सञ्चालक आमा र छोरा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय बागलुङले होटल सञ्चालक अन्दाजी ४५ वर्षीया आशा कुँवर र उनका छोरा २० वर्षीय विनोदलाई नियन्त्रणमा लिएको
हो ।
वरिष्ठ सई पौडेल बडिगाड गाउँपालिका-६ मा रहेको आशा होटलको तल्लो तलामा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए ।
प्रकाशित मिति : २०८० साउन ९ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्