काठमाडौं ।
बाघको आक्रमणबाट चितवनमा तीन जना घाइते भएका छन्। निकुञ्जबाट निस्किएको बाघको आक्रमणमा परी माडी नगरपालिका-३ का तीन जना स्थानीय घाइते भएका हुन्।
घाइते हुनेमा माडी नगरपालिका–३ बैराठ निवासी ४१ वर्षीय मोहन सहनी, ४२ वर्षीय उमेश सहनी र ५५ वर्षीय रामनाथ माझी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।
निकुञ्जबाट निस्किएको बाघले स्थानीयको खोरमा पालिएको बाख्रा खान थालेपछि धपाउन गएका उनीहरुलाई आक्रमण गरेको हो।
मंगलबार साँझ ५:२० मा बाघले आक्रमण गरेपछि घाइते भएकाहरूलाई बघौडा अस्पताल लगिएको र त्यहाँ उपचार हुन नसकेपछि भरतपुर लगिएको प्रहरीले जनाएको छ। ल्याइँदै गरिएको कार्यालयले जनाएको छ।
प्रकाशित मिति : २०८० साउन २ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्