दुर्गा प्रसाईंलाई २० करोड नदिए ज्यान मार्ने धम्की दिएको आरोपमा एकजना पक्राउ



काठमाडौं  ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २० करोड माग्दै ज्यान मार्ने धम्की दिएको आरोपमा एकजना पक्राउ परेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले धम्क्याउने व्यक्तिबारे थप खुलाएको छैन।

२० करोड माग्दै नदिए हत्या गर्ने भन्दै धम्की आएको भन्दै प्रसाईंले प्रहरीलाई जानकारी गराएपछि ब्यूरोले ती व्यक्तिलाई पक्राउ गरेको हो।

प्रसाईंले ब्यूरोमा उजुरी दिएका थिए।

  • No tags available
प्रकाशित मिति : २०८० असार २६ गते मंगलबार