बारीमा लैजाने क्रममा भैँसीले च्याप्दा एक जनाको मृत्यु



सुर्खेत ।

दैलेखमा भैँसीले च्यापेर एक जनाको मृत्यु भएको छ ।

नारायण नगरपालिका-४ बस्ने ५४ वर्षीया चक्रबहादुर कटुवाललाई आफैले पालेको भैँसीले च्यापेर मृत्यु भएको हो ।

मृतक कटुवालले घरबाट बारीमा लैजाने क्रममा उकालो बाटोमा चिप्लिदा भैँसीले च्यापेर मृत्यु भएको दैलेख जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

कटुवाल नारायण नगरपालिकामा वडा सचिवमा कार्यरत रहेको प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख किशोर लम्सालले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०८० असार २३ गते शनिबार