कमल डाँगी,नेपालगन्ज
नेपाल भित्रिने एक सयभन्दा बढी मूल्यका सामानमा सरकारले भन्सार लगाउने नयाँ व्यवस्था गरेसँगै नेपाली उपभोक्ता भारतीय सीमावर्ती बजार रुपैडिया किनमेलका लागि जान छाडेका छन् तर, यसको फाइदा भने ‘क्यारिङ’ वालाले लिन थालेका छन् । नियामक निकाय गम्भीर नहुँदा पछिल्लो समय क्यारिङ फस्टाउँदै गएको छ ।

चढ्नै नसक्ने अवस्थाका साइकलमा मालसामानका भारी बोकेका महिला पुरुषको सीमा क्षेत्रमा लर्को लाग्छ । यसरी सीमापारिबाट सकीनसकी मालसामान साइकलमा आयात गर्नेमा महिलाको पनि बाक्लै उपस्थिति हुन्छ ।
सीमावर्ती बजार रुपैडियाबाट साइकलमा क्यारिङ गरी पैठारी हुने मालसामान सहजै भित्रिँदा सर्वसाधारणले सीमामा गुनासोसमेत गर्छन् । तर, उक्त गुनासो कार्यस्थलसम्मका कर्मचारी र सुरक्षाकर्मीसम्म मात्र सीमित हुन्छ । नेतृत्वकर्तासम्म पुग्दैन । जसले गर्दा क्यारिङ नियन्त्रणमा राज्यले ठोस कदम चाल्न सकेको छैन ।
नेपालगन्ज तथा आसपासका बजारी क्षेत्रमा सीमावर्ती बजारबाट साइकलमै आयात भएको मालसामान र लुगा कपडा बिक्री हुन्छ । ‘यस प्रकारले ठूलो परिमाणमा क्यारिङबाटै मालसामान आयात हुन्छन्,’ सीमा नजिकैका एकजना व्यापारीले भने, ‘अधिकांश व्यापारी क्यारिङमार्फत नै मालसामान पैठारी गर्दै आएका छन् ।’ दैनिक सयौं साइकलमा लुगा कपडादेखि खाद्यान्न र अन्य खाद्यान्न आयात हुन्छन् ।
‘घरमा कमाउने कोही छैन, यसैले छोराछोरीको खर्च र घर व्यवहार चलाएकी छुँ,’ क्यारिङमा संलग्न एकजना महिलाले भनिन्, ‘कहिले फकाएर कहिले कसैगरी सामान भिœयाउछुँ ।’ सीमा सुरक्षाकर्मी, भन्सारका कर्मचारीलाई पैसा दिनुहुन्छ भन्ने प्रश्नमा उनले मौनता साँधिन् ।
नेपालगन्ज, खजुरा, कोहलपुर, सुर्खेत, दाङ, बाँसगढीलगायतका क्षेत्रमा क्यारिङवाला सामान पु¥याउने गरेको उनी बताउँछिन् । लुगा कपडादेखि, चिनी चियापत्ति, बिस्कुट र अन्य सानातिना सामान गाउँगाउँसम्म पु¥याउने उनको भनाइ छ ।
नेपाल–भारत सीमा क्षेत्र जमुनाह र भित्री नाकाबाट क्यारिङवालाले अवैधरुपमा सामान नेपाल भिœयाउने गरेका छन् । अहिले क्यारिङको स्वरुपसमेत परिवर्तन भएको छ । यसरी भिœयाइएका अधिकांश सामान तस्करमार्फत नेपाली पसल र गोदामसम्म पुग्छन् । एकाधमात्र प्रहरीले बरामद गरेको घटना सार्वजनिक गर्छ ।
क्यारिङ गर्नेहरुले सकभर सुरक्षाकर्मीको आ“खा छलेरै सामान भिœयाउँछन्, नसके एकपटक भन्सार गरेको कागजले दिनभरि त्यही देखाएर सामान ओसारपसार गर्ने गरेको पाइएको छ । तस्करीमा संलग्न नै खुलेआम भन्छन्, ‘बिहान एकपटक भन्सार गरेको कागज देखाएर पटकपटक सामान ल्याउछौं ।’
यसरी भिœयाएको सामान नेपालगन्जका पसल र गोदामलाई बेच्दा तस्करले जोखिम शुल्क भन्दै थप मूल्य जोडेर अहिले बेचिरहेको भेटिएको छ । सुरक्षा निकायले कडाइ गरेको भन्दै तस्करले भिœयाएको हरेक सामानमा १० रुपैयाँसम्म बढी मूल्य राखेर बेचिरहेको भेटिएको हो । भन्सारको कडाइले आत्तिएका तस्करको ‘ढाड सेक्न’ सुरक्षा निकायले थप कडाइ गर्नेुपर्ने व्यवसायी बताउँछन् ।
सीमापारिको व्यापारले सबैभन्दा प्रभावित घरेलु तथा साना उद्योगहरु परेका छन् । मौलाउँदै गएको क्यारिङ र सेटिङवाला तस्करी बन्द गर्न सरोकारवाला निकायले ध्यान दिनुपर्ने नेपाल घरेलु तथा साना उद्योग महासंघ बा“केका महासचिव जिआर भुषालले बताए ।
‘किनमेलका लागि सर्वसाधारण रुपैडिया जान बन्द गर्ने तर, तस्करले त्यहा“को सामान घरघर पु¥याइदिने अवस्था आउन दिनु हु“दैन,’ उनी भन्छन् ।
जमुनाह नाकामा यस्ता दर्जनौं व्यावसायिक क्यारिङ गर्नेहरु छन्, जसले भिœयाएको अवैध सामान कतिपय ठूला व्यापारीका गोदाममा स्टक हुन्छ र उनीहरुमार्फत अन्य जिल्लामा बिक्री हुन्छन् । यस्तो कार्यमा संलग्न व्यक्तिहरु बिरलै सुरक्षा निकायको नजरमा पर्ने गरेका छन् । बेलाबखत सामान बरामद गरे पनि व्यक्ति पक्राउ नपर्दा अनेक आशंका उब्जिने गरेका छन् ।
नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी डिल्लुप्रसाद शर्माले सय रुपैयाँभन्दा बढी मूल्यको सामान भिœयाउ“दा अनिवार्यरुपमा कर तिर्न लगाइएको र अवैधरुपमा सामान भिœयाउन खोज्नेलाई कडाइका साथ नियन्त्रण गरिएको दाबी गर्छन् ।
नेपालगन्ज उद्योग वाणिज्य संघले विगतदेखि नै भन्सारको नियमन गरी थोरै सामानका नाममा दैनिक बिनाभन्सार लाखौँको सामान भित्रिने कार्यलाई रोक्न माग गर्दै आइरहेको थियो । कानुनबमोजिम नै सय रुपैयाँभन्दा माथिको सामान आयात गर्दा भन्सार तिर्नुपर्ने व्यवस्था कडाइका साथ कार्यान्वयन भए मात्र राज्यलाई राजस्व र स्वदेशी बजार प्रवद्र्धन हुने आशा र अपेक्षा गरिएको कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेल बताउँछन् ।
किराना तथा खाद्य व्यवसायी संघ नेपालगन्जका महासचिव टोपेन्द्र थापाले अब तस्करी नियन्त्रणमा पनि कडा कदम चाल्नु पर्ने बताए । तयारी कपडा ब्याग, जुत्ताचप्पल खुद्रा व्यवसायी संघका संस्थापक अध्यक्ष भीम रानाभाटले सर्वसाधारण उता (रुपैडिया) जान रोकिने तर, तस्करले नेपालगन्जमा सामान ल्याइदिने गतिविधि बन्द हुनु पर्ने जनाए ।









प्रतिक्रिया दिनुहोस्