रोजगारीको शिलशिलामा भारत गएका कालिकोटका शाही सम्पर्क विहीन



कोहलपुर :  भारतको उत्तरा खण्ड प्रदेशको चेम्वामा रोजगारीको लागि गएका कालिकोट जिल्ला महावै गाउँपालिका २७ वर्षीय बखत बहादुर शाही सम्पर्क बिहीन भएका छन् ।

असार १० गते आइतबार भारतको उत्तरा खण्डबाट घर आउने जानकारी दिएका शाही आज सम्पर्क विहीन भएका हुन् । घर आउने दिन साँझ ८ बजे सम्म परिवारको सम्पर्कमा रहेका शाही अझै सम्पर्कमा नआएको उनका बुवा लक्ष्मण शाहीले बताए । उहाँका अनुसार अनुसार रोजगारीको लागि छोरो भारत गएको थियो ।

१० गते घर आउन लागेको छु भनेर खबर गरेको र उक्त दिन राति ८ बजेसम्म पनि सम्पर्कमा थियो ।
त्यस पश्चात आजसम्म फोन नलागेको र छोरा सम्पर्कमा नआएको बताए । पाँच फिट सम्म उचाइ भएका बखतको अगाडिको दातमा दाग छ । भेटाउने देख्नेले नजिकैको प्रहरी चौकी र ९८६८९५७३१४, ९७६२४७३५२६ मा सम्पर्क गर्न आग्रह गरे ।

  • No tags available
प्रकाशित मिति : २०८० असार १२ गते मंगलबार