काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेल त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन्।
गएराति स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको उनका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले जानकारी दिए।
‘राति अलि गाह्रो भएर ल्याइएको हो। चिकित्सकहरूले कमजोरीका कारण भनेका छन्,’ उनले भने।
राष्ट्रपति पौडेललाई मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरी चिकित्सकहरूको निगरानीमा राखिएको छ।
गत मंगलबार मात्रै राष्ट्रपति पौडेलको एन्जियोग्राम गरिएको थियो।
प्रकाशित मिति : २०८० असार २ गते शनिबार









प्रतिक्रिया दिनुहोस्