कर्णाली प्रदेशले गर्‍यो प्रशासनिक खर्च कटौतीको घोषणा



काठमाडौं ।

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ मा सार्वजनिक खर्च कटौती गर्ने घोषणा गरेको छ ।

शुक्रबार प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले प्रस्तुत गरेको बजेटमा सार्वजनिक खर्च कटौती गरिएको बताएका हुन् । अत्यावश्यक बाहेकका आर्थिक दायित्व थप नगरिने बजेटमा उल्लेख छ ।

जस अन्तर्गत प्रदेश मातहतको निर्देशनालयहरुलाई गाभ्ने वा जिल्ला कार्यालयहरुमा रुपान्तरण गरिने बजेटमा उल्लेख छ ।

यस्तै सरकारको नियमित कामबाट हुने कार्यका लागि अर्को कार्यालय नखोल्ने, परामर्श तथा स्वीकृत दरबन्दी भन्दा धेरै करार सेवा लिन नपाइने व्यवस्था बजेटमा गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८० असार १ गते शुक्रबार