शिवानी विक
कोहलपुर–२ स्थित गोर्खा युनाइटेड पब्लिक स्कुल २३ वर्षमा प्रवेश गरेको छ । कोहलपुरमा गुणस्तरीय तथा प्राविधिक शिक्षा प्रदान गरिरहेको उक्त स्कुलले शुक्रबार स्थापनाको अवसरमा २२औँ स्थापना दिवस मनाएको छ ।

एक औपचारिक समारोहका बीच २२औँ वार्षिकोत्सव, पुरस्कार वितरण तथा छात्रवृत्ति घोषणा कार्यक्रम भव्यरुपमा सम्पन्न गरेको छ । कोहलपुर नगरपालिकाकी उपप्रमुख संगीता सुवेदीको प्रमुख आथित्यता उक्त कार्यक्रम सम्पन्न भयो । कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै स्कुलकी प्रिन्सिपल साधना थापाले कोहलपुरमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्य स्कुल २०५७ सालमा स्थापना भएको बताइन् ।
उनका अनुसार स्कुलले सुन्दर, शान्त शैक्षिक वातावरणमा, प्रशस्त भौतिक पूर्वाधारसहित अध्यापन कार्य गराउँदै आएको छ ।
विद्यालयले आफ्नै शैक्षिक र प्रशासनिक भवन, आवासीय भवन, पूर्ण विज्ञान प्रयोगशाला, कम्प्युटर प्रयोगशालासहित आधुनिक शिक्षण पद्दति लागु गर्दै शैक्षिक उत्कृष्टता प्रदान गर्न कुनै कसर बाँकी नराखेको थापाको भनाइ छ ।
साथै प्राविधिक शिक्षा प्रदान गर्ने उद्देश्यका साथ गोर्खा पोलिटेक्निक कलेज एण्ड रिसर्च सेन्टर परियोजनाअन्तर्गत कृषि तथा वनविज्ञान विश्वविद्यालय, रामपुर, चितवनबाट सम्बन्धन प्राप्त गरी कृषि कार्यक्रम सञ्चालनमा ल्याएको उनले बताइन् ।
उक्त अवसरमा बोल्दै कोहलपुर नगरपालिकाकी उपप्रमुख सुवेदीले कोहलपुरको शैक्षिक विकासमा स्कुल महŒवपूर्ण भूमिका खेलेको बताइन् । स्कुलकी अभिभावकसमेत रहेकी उनले व्यवहारिक जीवनमा शिक्षाको उपयोग गर्न गुणस्तरीय शिक्षाको लागि सकारात्मक सोचका साथ लगनशील भएर लाग्नुपर्ने बताइन् ।
जिल्लाको संस्थागत विद्यालयमध्येकै उत्कृष्ट नतिजा ल्याउन सफल भएको भन्दै उपप्रमुख सुवेदीले गुणस्तरीय शिक्षाको लागि दीर्घकालीन र अल्पकालीन कार्ययोजना बनाउनुपर्ने सुझाव दिइन् ।
उक्त अवसरमा बोल्दै विद्यालय सञ्चालक समितिका अध्यक्ष केशरबहादुर आलेले गुणस्तरी, प्रभावकारी जीवन उपयोगी शिक्षाका लागि सकारात्मक सोचका साथ अघि बढिरहेको बताए । दक्ष, अनुभवी क्षमतावान् जनशक्ति उत्पादनमा विद्यालय निरन्तर लागि परेको आलेले बताए ।
उक्त अवसरमा विद्यालयमा कार्यरत शिक्षिका तारा अर्याल र विद्यालयका सवारी चालकतर्फ दिलबहादुर खड्कालाई उत्कृष्ट पुरस्कारबाट सम्मानपत्रसहित सम्मान गरिएको छ ।
साथै कक्षा नर्सरीदेखि १२ कक्षासम्म उत्कृष्ट हुने विद्यार्थीलाई पनि पुरस्कृत गरिएका थियो । २२औँ स्थापना दिवसको अवसरमा २०८० सालमा भर्ना भएका एक सय ५४ जनालाई छात्रवृत्ति प्रमाणपत्र वितरण गरिएको थियो ।









प्रतिक्रिया दिनुहोस्