आदर्श माविका शिक्षक रेग्मी जलेको अवस्थामा फेला



बाँके ।

आदर्श मावि नेपालगन्ज राँझाका शिक्षक रवीन्द्र रेग्मी जलेको अवस्थामा ढकेरी क्षेत्रको जंगलमा फेला परेका छन् । पूर्वपश्चिम राजमार्गको ढकेरी नजिकै रहेको राप्ती सोनारी गाउँपालिका– ९ पर्ने एक सामुदायिक वनमा जलेको अवस्थामा उनी फेला परेका हुन् ।

राजमार्गसँगै रहेको सरस्वती सामुदायिक वनमा शिक्षक रेग्मी जलेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । सोमबार दिउँसो २ः३० बजेतिर घरबाट निस्किएका रेग्मीको मंगलबार बिहान शब फेला परेको थियो ।

घटनाबारे गम्भीर अनुसन्धान शुरु गरिएको बताउँदै बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले भने, ‘प्रहरीले घटनास्थल अनुसन्धानका लागि कुकुरसमेत परिचालन गरेको छ । सडक छेउ मोटरसाइकल छ, शरिर जलेको अबस्थामा भेटियो ।’

नेपालगन्ज– १८ मा घर रहेका रेग्मी घरबाट मिटिङ्ममा जानू छ भनेर भे.६.प. ८२२४ नं. को मोटरसाइकलमा निस्किएका थिए । कोहलपुर प्रहरीले शवलाई आवश्यक प्रक्रिया पु¥याएर पोस्टमार्टमका लागि भेरी अस्पताल नेपालगन्ज पठाएको छ ।

जलेको अवस्थामा शव भेटिएको नजिकै बिषका बट्टाहरु, कपडा समेत भेटिएका छन् । घटनाबारे अनुसन्धान अगाडि बढाइएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८० जेठ २३ गते मंगलबार