प्रगतिशील युवा उद्यमी तालिम सम्पन्न



कोहलपुर, युवाहरुका लागि प्रगतिशील युवा उद्यमी तालिम सम्पन्न भएको छ । उद्यमशील नेपालको आयोजनामा प्रगतिशील युवा उद्यमी तालिम सम्पन्न भएको हो ।
कोहलपुर नगरपालिका क्षेत्रमा रहेका युवाहरुलाई विभिन्न क्षेत्रका विषयमा प्रशिक्षित गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको छ । कोहलपुर जेसिज वर्ष २०२३ का अध्यक्ष धुव्र आचार्यका अनुसार युवाहरुलाई समाज रुपान्तरणका लागि सन्देश प्रवाह होस् भनेर तालिमको आयोजना गरिएको हो । तालिमा विभिन्न पाँच विषयमा उनीहरुलाई सम्बन्धित क्षेत्रका विज्ञहरुको सहभागितामा जानकारी गराइएको अध्यक्ष आचार्यले बताए ।


‘तालिमले युवाहरुलाई सामाजिक कार्यमा लाग्न प्रेरित गर्नेछ । उनीहरुलाई वर्तमान अवस्थाको विषयमा जानकारी गराइएको छ । उनीहरुलाई विभिन्न विषयमा धेरै कुरा सिकाइएको छ,’ उनले भने । प्रस्तावित बैजनाथ जेसिजका अध्यक्ष गणेश विष्टले जीवनलाई सिकाइ कहिल्यै अन्त्य नहुने बताएका थिए । उनका अनुसार युवाहरुले देशका हरेक कुरामा जानकारी राख्नुपर्दछ ।

यस्तै जेसिजले युवाहरुको क्षमता विकासका लागि बेलाबेलामा यस्ता कार्यक्रमहरुमा सहकार्य गर्दै आएको भन्दै आगामी दिनमा पनि युवा लक्षित कार्यक्रम आयोजना गर्न आवश्यक रहेको अध्यक्ष विष्टको भनाइ छ । जेसिज सिकाइको विश्वविद्यालय भएको उनले बताए ।

यस्तै कोहलपुर जेसिज वर्ष २०२३ की कार्यकारीणी उपाध्यक्ष टीकाकुमारी शाहीले स्वागत मन्तव्य राख्दै युवा देश विकासका मेरुदण्ड भएको भन्दै विकासमा अग्रसर हुन आवश्यक रहेकोमा जोड दिएकी थिइन् ।

तालिममा लागुऔषध दुव्र्यसन नियन्त्रणमा युवाहरुको भूमिका, वर्तमान आर्थिक सकंट, राजनीतिमा युवा र युवा उद्यमशीललगायतका शीर्षकमा विभिन्न सेसनमा सहभागीहरुलाई प्रशिक्षण प्रदान गरिएको थियो । तालिममा तीन दर्जनभन्दा बढी युवा युवतीहरु सहभागी थिए । तालिमको सहजीकरण कोहलपुर जेसिज गरेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८० जेठ २१ गते आइतबार