स्थानीय तह निर्वाचन २०७९ मार्फत स्थानीय सरकारमा नयाँ जनप्रतिनिधिले कार्यभार सम्हालेको एक वर्ष बितेको छ । संघीयतापछि दोस्रो जननिर्वाचित जनप्रतिनिधिको रुपमा पहिलो वर्ष उनीहरुले बिताएका हुन् । निर्वाचनमा गरेका प्रतिबद्धता पूरा गर्नका लागि जनप्रतिनिधिहरुले स्थानीय सरकारको विकासका लागि सक्रिय भएका देखिन्छन् ।

बाँके जिल्लाका अधिकांश स्थानीय तहमा नयाँ जनप्रतिनिधि निर्वाचित भएका छन् । उनीहरुमा नयाँ जोश र जाँगर देखिन्छ । जनताको प्रतिनिधिका रुपमा राम्रो काम गर्ने हुटहुटी उनीहरुमा देखिन्छ । बाँकेका कूल ८६ जना वडा अध्यक्षमध्ये जनताको माग पूरा गर्न गाउँ, वडा, नगर, जिल्ला, प्रदेश र संघसम्म खटिरहेका जनप्रतिनिधि हुन्, कोहलपुर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष हरि कठायत ।

उनी वडालाई समृद्ध र विकसित वडा बनाउन लागि परेका छन् । उनी आफ्नो पहिलो कार्यकालको पहिलो वर्षको सिकाइका रुपमा रहेको बताउँछन् । यद्यपि चुनावी प्रतिबद्धता र जनताको आवश्यकताअनुसार वडाको विकासका लागि आफू क्रियाशील रहेको उनको दाबी छ ।

वडा नम्बर २ ले कोहलपुर नगरपालिकामै पहिलोपटक एक वर्षको वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । वडा कार्यालयले एक वर्षको अवधिमा गरेका विभिन्न नौ शीर्षकमा वडाले गरेका एक सयभन्दा बढी कामहरुको सूचि सार्वजनिक गरेको छ । वडाले सार्वजनिक गरेको उपलब्धिहरुमा सडक तथा यातायात, भूमिसम्बन्धी कार्य, विद्युतीकरणदेखि आवास कार्यक्रम छन् । यो आलेखमा हामी कोहलपुर नगरपालिका वडा नम्बर २ ले गरेका उपलब्धिहरुको चर्चा गर्नेछौं ।
सडक तथा यातायात
वडा नम्बर २ ले सडक तथा यातायातलाई मुख्य प्राथमिकता दिएर काम गरेको छ । एक वर्षको अवधिममा वडाको विभिन्न स्थानमा ८० थान होम पाइप जडान गरिएको छ । गत आर्थिक वर्षको करिब पाँच सय मिटर बाटो कालोपत्रे सम्पन्न भएको छ । गत आर्थिक वर्षका पाँच सय मिटर बाटो स्तरोन्नति र रिङरोडमा पर्ने दुईवटा कल्भर्ट निर्माणका लागि आवश्यक पहल गरी निर्माण सम्पन्न गरिएको छ ।

यस्तै चालु आर्थिक वर्ष २०८९÷८० बजेटबाट वडा र नगरको साझेदारी बजेटलाई टेन्डर प्रक्रियाबाट बर्दहवा मन्दिरदेखि लक्ष्मी माविसम्म चार सय ८० मिटर र महेन्द्र राजमार्ग ‘क’ लाइन हुँदै ओम शान्तिसम्म करिब दुई सय मिटर कालोपत्रे र पक्की नालीको निर्माण काम सुचारु गरी अस्फाल्ट पीचको अन्तिम तयारीमा छ । सिद्धनगरमा करिब एक सय ५० मिटर अस्फाल्ट पीचको अन्तिम तयारी छ । विभिन्न टोलहरुमा वडाको सिलिङमा रहेको बजेटबाट आरसीसी पक्की नाला सात सय ४१ मिटर निर्माण र बाटो स्तरोन्नति गरिएको छ ।

बैदार टोल कृष्णनगरमा दुई सय २० मिटर, मनकामना टोल एक सय ३८ मिटर, शक्ति नगरको मुगाल टोल एक सय ५६ मिटर, पुष्पनगर एक सय २५ मिटर, पुष्पनगर–सिद्धनगर जोड्ने बाटो एक सय दुई मिटर निर्माण सम्पन्न भएको छ ।

नगरकोे गौरवको योजनाअन्तर्गत आरसीसी नाला आठ सय ९८ मिटर निर्माणसहित विभिन्न ठाउँहरुमा बाटो स्तरोन्नति गरिएको छ । सोहीअनुसार विकासनगर तीन सय २८ मिटर, आनन्दनगरमा चार सय ३० मिटर, प्रेमनगरमा एक सय ४० मिटर काम भएको छ । यसैगरी देश सरकारको बजेटबाट आरसीसीसहित पक्की नाली पाँच सय मिटर र बाटो स्तरोन्नति गरिएको छ । मनकामना चोकको दुई सय १० मिटर, गौरीडाँडाको दुई सय ९० मिटर सम्पन्न भएको छ ।

संघीय सरकारको सहरी विकास संघीय आयोजना कार्यान्वयन इकाई नेपालगन्ज बाँकेबाट करिब ९७ लाख ५० हजार बजेट बाट रत्न राजमार्ग सहिद चोक हँुदै २ नम्बर वडाको सिमानासम्म पक्की नाली तथा स्तरोन्नतिका लागि सम्बन्धित कार्यालयसँग समन्वय गरी टेन्डर आह्वान गरी काम निर्माणको समेत सम्झौता भएको छ । सडक पूर्वाधार विकास कार्यालय नेपागन्जबाट २८ लाख लुम्बिनी प्रदेशको बजेट शीर्षक बागमती भएका कारण संशोधन गर्न लगाइ सम्बन्धित कार्यालयसँग समन्वय गरी टेन्डर गराइ निर्माणका लागि सम्झौतासमेत भइसकेको छ ।

राजमार्गका दुवैतर्फ रहेका २० वटा सुकेका रुखहरु सडक विभागसँग समन्वय गरी कटान गरी मानवीय जोखिममुक्त गरिएको छ । वडाको विभिन्न स्थानमा रहेका कच्ची बाटोमा रहेका खाल्डाखुल्डीहरुमा माटो पटान तथा ग्राबेल गरिएको छ ।
वडाको आनन्दनगरदेखि पुष्पनगर र बर्दहवादेखि सिद्धनगर जोडने बाटोको नयाँ ट्रयाक १.५ किलोमिटर सम्पन्न भएको छ । राजमार्गको पूर्व–पश्चिम २५ मिटरभित्र भएका अस्थायी घर टहराहरु हटाइ खाली गर्ने कार्य सम्पन्न भएको छ ।
सामुदायिक प्रहरी सेवा केन्द्रलाई प्रदेश सरकारबाट बजेट विनियोजन गर्न पहल गरी सो भवनको शिलान्यास गरी निर्माणको कार्य भइरहेको छ । गत आर्थिक वर्ष वडाका पीच गर्न केही स्थान बाँकी रहेका छन् । योजनाअनुसार बर्दहवामा दुई सय ८० मिटर, आनन्दनगर एक सय २५ मिटर, शक्तिनगरमा दुई सय पाँच मिटर र विकासनगर एक सय ७५ मिटर रहेको छ ।
वडाका भूमिहीन सुकुम्बासीहरुको तथ्यांक संकलन
वडा नम्बर २ मा नापजाँच गर्न बाँकी रहेको टोलका जग्गा नाप्नका लागि भूमि आयोगसँग समन्यय गरी वडाका आनन्दनगर, प्रेम नगर, पुष्पनगर, सिद्धनगर, गौरी नगर, बर्दहवा र कृष्ण नगर टोलमा नापजाँचका कार्य सम्पन्न भएको छ ।

नापजाँचका कार्य सम्पन्न भएको छ । वडाका एक सय ५७ भूमिहीन दलित, ८८ जना भूमिहीन सुकुम्वासी र २९५८ जना अव्यवस्थित व्यक्तिहरुको तथ्यांक संकलन गरिएको छ ।
राष्टिय भूमि आयोगसँग समन्वय गरी यस वडाको गौरी डाँडा, कृष्णनगर र बर्दहवाको नक्सामा त्रुटि देखिएकाले पुनः नापी गर्नु पर्ने हुँदा सोबाहेक बाँकी सम्पूर्ण टोलहरुमा फिल्ड भेरिफिकेसन समाप्त भइ पुर्जा वितरणको अन्तिम तयारीका लागि फिल्ड बुक भर्ने कार्य जारी रहेको छ । मालपोत र नापी कार्यालयसँग समन्वय गरी वर्षौँदेखि रोकिएको गाँउ ब्लक पुर्जा बर्दहवावासी ६५ जनालाई पुर्जा वितरण गरिएको छ ।
सामाजिक सेवा
वडामा मेलमिलापका लागि दर्ता भएका करिब ४३ वटा विवादहरुमध्ये ३८ वटालाई सहमति तथा मेलमिलाप गराइ विवाद समाधान गरिएको छ । वडामा निःशुल्क आँखा जाँचका लागि शिविर सञ्चालन, वडामा प्रांगणमा वृक्षारोपण वडाको सार्वजनिक स्थानमा जम्मा गर्ने गरेको ढुंगा गिटी तथा बालुवाहरु हटाउन पहल गरिएको छ ।
वडामा १० वटा टोल विकास संस्थाहरु गठन गरिएको छ । वडाको सार्वजनिक सम्पतिको संरक्षण गरिएको छ ।
अव्यवस्थित घर टहरालाई व्यवस्थापन गरिएको छ । वडावासीलाई निःशुल्क आवासका लागि विभिन्न व्यक्तिहरुको छनोट गरिएको छ । अशक्त व्यक्तिहरुलाई सामाजिक सुरक्षा घरमै वितरणको व्यवस्था गरिएको छ ।
टोल विकास संस्थाका पदाधिकारीहरुसँग नियमित बैठक वडाको विभिन्न गतिविधिबारे जानकारीका साथै वडामा रहेका नक्सा पास नभएका घर हरुको लगत संकलनका लागि जनशक्ति परिचालन गरिएको छ ।
विद्युतीकरण
वडामा गठन भएका टोल विकास संस्थाहरुलाई परिचालन गरी देउसी भैलो जस्ता कार्यक्रमबाट संकलित रकम र वडाको बजेटबाट संयुक्त संयुक्तरुपमा उज्यालो अभियानअन्तर्गत करिब ५ वडा टोलमा सडक बत्ती र विद्युत् पोलहरुमा बत्ती निर्माण गरिएको छ । वडाका मुख्य चोक तथा रत्न र महेन्द्र राजमार्गका मुख्य केन्द्रमा सातवटा सोलार प्यानल सेट बत्ती जडान गरिएको छ ।

वडाका विभिन्न स्थानमा थ्री फेस लाइन, ट्रारन्सफर्मर चार थान जडान गरी विद्युत् पोल विस्तार भएको छ । वडाका विभिन्न स्थानमा अपुग विद्युत् पोलहरुको माग संकलन गरी विद्युत् प्राधिकरण कोहलपुर केन्द्रका प्राविधिकहरुको सहयोगमा आवश्यक स्टमेट गरी केन्द्रीय विद्युत् प्राधिकरणसँग समन्वय गरी चालु आवमा ७५ लाखको विद्युत् पोल, तार र ट्रन्सफरम जडान कार्य सुचारु गरिएको छ ।
वडाको सरसफाइ कार्यक्रमअन्तर्गत विभिन्न समयमा टोल विकास संस्था स्थानीय समाजसेवीहरु र आम जनसमुदायहरुलाई परिचालन गरी वडाको सार्वजनिक स्थानमा थुप्रिएको फोहर व्यवस्थापन गरिएको छ ।
संस्कृति संरक्षण
वडा नम्बर २ का विभिन्न मन्दिरहरुमा बजेट विनियोजन गरिएको छ । विभिन्न धार्मिक मेला तथा कार्यक्रमहरुलाई बजेट व्यवस्थापन र मन्दिरहरुको कम्पाउन्ड निर्माण लगायतका कार्य सम्पन्न गरिएको छ ।
शिक्षा
विद्यालयहरुको नियमित अनुगमन गरिएको छ । शिवशक्ति विद्यलयमा चमेना गृह निर्माणका लागि बजेट व्यवस्थापन गरी भवन निर्माण कार्य सम्पन्न भएको छ । लक्ष्मी माविमा चालु आवको बजे बाट ८ कोठे भवनको निर्माण कार्य सुचारु भएको छ । सामुदायिक विद्यालयमा स्वच्छ खानेपानीको व्यवस्थापन गरिएको छ ।

विभिन्न विद्यालयहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । विद्यालयमा भवनका लागि संघ प्रदेश र नगरपालिकामा रकम माग गरिएको छ । वडाका सम्पुर्ण सामुदायिक विद्यालयमा प्रावि तहका बिधर्थीहरुका लागि जीवनउपयोगी सीप शिक्षा सञ्चालन गरिएको छ ।
सामुदायिक विद्यालयमा पढ्दै कमाउदै सीप शिक्षा सुरुवात गरिएको छ । त्रिभुवन विश्वविद्यालय क्षेत्रीय परिक्षा नियन्त्रण कार्यालयको भवन निर्माणको जग्गा उपलब्ध गराइ साढे ५ करोड रकमको भवन निर्माणका लागि शिलान्यासको कार्य सम्पन्न भएको छ ।
स्वास्थ
वडामा रहेको स्वास्थ केन्द्रलाई परिचालन गरि विभिन्न संक्रमक रोग नियन्त्रणका लागि पहल गरिएको छ । सिकलसेल रोगको समुदायमा गई परिक्षण गरिएको छ । डेङ्गो रोग नियन्त्रणका लागी टोलटोलमा गइ सरसफाई अभियानसहित जनचेतना मुलक कार्यक्रम गरिएको छ ।

खोप कार्यक्रममा सहभागिता गरिएको छ । जेष्ठ नागरिक, अपांगता तथा अशक्तहरुका लागि निःशुल्क घरघरमा गइ चेक जाँच गरिएको छ । हात्तीपाइले रोगको निवारणका लागि टोलटोलमा जनचेतना मुलक कार्यक्रम सहित घर घरमा गइ औषधि सेवन गराइएको छ । दुई पटक आँखा शिविर सञ्चालन गरिएको छ ।
प्रकोप व्यवस्थापन
बाढी तथा डुवानमा परेका नागरिकहरुलाई सहयोग गरिएको छ । विभिन्न व्यक्तिहरुको उद्दार तथा राहात वितरण गरिएको छ । ढुवानमा परेका व्यक्तिहरुको क्षतिको लगत संकलन गरि राहतका लागि नगरपालीकामा पेश गरि आवश्यक राहहत वितरण गरिएको छ ।

आवास कार्यक्रम
सुरक्षीत नागरिक आवास अन्र्तगत खर र फुसका छाना विस्थापन गर्नका लागि ९५ घरधुरीका लागि टिनका छाना वितरण गरिएको छ । विपन्न दलित वर्गका माटोका घर विस्थापन गर्न ११ घरधुरीलाई सुरक्षित जनता आवास निर्माण गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्