बाँके ।
कोहलपुर क्षेत्रका व्यापारीले बैंक र वित्तीय संस्थाविरुद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । बैंक र वित्तीय संस्थाहरुले ऋण असुलीको नाममा आंतक मच्चाइरहेको भन्दै यहाँका व्यवसायीहरुले आन्दोलनका कार्यक्रममा सार्वजनिक गरेका हुन् ।
व्यावसायिक हक हित संरक्षण समितिले कोहलपुरमा शुक्रबार पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आन्दोलनका कार्यक्रममा बैंक तथा वित्तीय संस्थाहरुमा ज्ञापनपत्र बुझाउनेदेखि लिएर बन्दसम्म छन् । कोरोना कहरका कारण आम्दानीसमेत घट्दा ब्याजदर बढ्दै गएपछि आन्दोलनमा उत्रिनुपरेको समितिका संयोजक राजेन्द्रकुमार श्रेष्ठले बताए ।
‘कोरोनाको कहरदेखि नै उद्योगी व्यवसायीहरुले आम्दानी गुमाइरहेका छन् । बैंकले भने अहिले ब्याजदर १६÷१७ प्रतिशतसम्म पु¥याइसक्यो,’ उनले भने, ‘बैंकले व्यवसायीमा आंतक फैलाए, त्यसैले बाध्य भएर सडकमा हामी आउनुपरेको हो । यो हाम्रो रहर होइन, बाध्यता हो ।’
आन्दोलनका कार्यक्रमअनुसार आज शनिबार कोहलपुरमा बृहत् व्यावसायिक अन्तरक्रिया कार्यक्रम, २६ गते बैंक तथा वित्तीय संस्थाहरुलाई मागपत्रसहित पत्राचार गर्ने, २७ गते पर्चा पम्पलेट वितरण तथा प्रचारप्रसार गर्ने, २८ गते कोहलपुर चौराहामा जम्मा भई नगर परिक्रमासहित विरोध ¥याली गर्दै तीन दिनसम्म सम्पूर्ण उद्योग व्यवसाय, बजार तथा बैंक र वित्तीय संस्था बन्द गर्ने रहेका छन् ।
बैंकको चर्काे ब्याजदर र ज्याजतीले व्यवसायीहरु डिप्रेसनमा गएर आत्महत्या गर्ने अवस्थामा पुगेको समितिका संयोजक श्रेष्ठले दाबी गरे । ‘राज्य व्यवसायीका हक हितमा छैन । अब आन्दोलनमा उत्रिनुको उपाय हामीसँग पनि छैन,’ उनले भने, ‘व्यावसायिक हकहित गर्न भनेर खोलिएका संगठनहरुको नेतृत्व नै आफैँ बैंक र बिमाका मालिए भएकाले व्यवसायीका गुनासो सुन्न फुर्सद छैन ।’
यहाँका व्यवसायीहरुले बैंकको ब्याजदर एक अंकमा सीमित गरिनुपर्ने आधारदर ४/५ प्रतिशतभन्दा बढी हुन नहुने, हाल चलन चल्तीमा रहेका पाँच सय र एक हजार दरका नोटहरु प्रतिबन्द लगाउनुपर्ने लगायतका १० बुँदे मागहरु अगाडि सारेका छन् ।








प्रतिक्रिया दिनुहोस्