कांग्रेस र एमाले मिलेर अघि बढ्नुपर्छ : बस्नेत



नेपालगन्ज,  नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले राजनीतिक स्थिरताका लागि कांग्रेस र एमाले मिलेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन् । प्रेस चौतारी बाँकेले आइतबार बिहान नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा बस्नेतले राजनीतिको विकृति अन्त्य गर्न र मुलुकको हितका लागि ठूला दल मिलेर सरकार बनाउनुको विकल्प नभएको बताए । बस्नेतले कांग्रेस र एमाले मिल्दा प्रचण्डको च्याखे दाउ सकिने र देशले स्थिरता पाउने बताए । उनले प्रचण्डले च्याखे थापेर र दलाली गरेर लाभ लिइरहेको आरोपसमेत लगाए ।


युवा विभाग इन्चार्जसमेत रहेका बस्नेतले चैत २७–२९ गते नेपालगन्जमा हुने राष्ट्रिय युवा संघको नवौँ महाधिवेशनमा सबै प्रदेशमा पदाधिकारी र केन्द्रीय सदस्य समेट्ने गरी नयाँ कार्य समिति बनाउने बताएका छन् । सम्मेलनमा सहभागी युवा संघका उपाध्यक्ष सन्तोष रावलले दशकपछि हुन थालेको महाधिवेशनलाई नमुनायोग्य बनाउने बताउँदै उदघाटनमा १० हजार बढी सहभागी हुने र बन्दसत्रमा दुई हजार सहभागी हुने दाबी गरे ।

  • No tags available
प्रकाशित मिति : २०७९ चैत १३ गते सोमबार