कोहलपुर: बाँके जिल्लामा रहेका त्रिभुवन विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत रहेका चार क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्वका लागि मतदान भइरहेको छ ।
बाँकेको कोहलपुरस्थित बागेश्वरी बहुमुखी क्याम्पस र नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पस लगायतका क्याम्पसहरुमा विहानैदेखि मतदान भइरहेको हो ।
मतदानस्थललाई सुरक्षित बनाउन सुरक्षाकर्मी खटिएका छन् । बिहान ८ बजेपछि सुरु भएको मतदान अपराहन्न ४ बजेसम्म हुनेछ ।
६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्ववियु निर्वाचन भइरहेको छ । यस्तै मध्यपश्चिम अन्तर्गतका १० आंगिक क्याम्पसमा चुनाव भइरहेको छ ।
स्ववियु अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । यसैगरी उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य भने समानुपातिक प्रणालीबाट चुनिनेछन्
तस्वीहरु : शुभाकर विश्वकर्मा









































प्रतिक्रिया दिनुहोस्