मिसन संवाददाता
नमस्ते नेपाल यातायात व्यवसायी प्रालि (कम्पनी)ले व्यवसायी सदस्यका परिवारलाई आर्थिक सहयोग गरेको छ । प्रालिका सदस्य स्वर्गीय दीपक थारुका परिवारलाई आर्थिक सहयोग गरिएको हो ।

थारुको फागुन १७ गते निधन भएको थियो । आइतबार नमस्ते नेपाल यातायात व्यवसायी प्रालि (कम्पनी)का अध्यक्ष निमबहादुर चलाउनेले उनको घरमै पुगेर आर्थिक सहयोग गरेका हुन् । प्रालिको नीतिअनुसार नगद ५१ हजार एक सय ११ रुपैयाँ सहयोग गरिएको अध्यक्ष चलाउनेले बताए । नमस्ते नेपाल यातायात व्यवसायी प्रालिको २०७७ पुस २५ गतेको निर्णयले पदाधिकारी, सदस्य स्वरोजगारीहरुको निधन भएमा नगद सहयोग गर्ने निर्णयअनुसार सहयोग गरिएको उनको भनाइ छ ।
‘उहाँको परिवारमा केही राहत होस् भनेर सहयोग गरिएको हो । हाम्रो सानो सहयोग कसैलाई सहयोग पुग्छ । हामी व्यवसाय मात्रै गर्दैनौं । सामाजिक कार्यसमेत गर्दै आएका छौँ,’ उनले भने । प्रालि व्यवसायीहरुको हकहितमा सधै अघि बढिरहेको उनको भनाइ छ ।








प्रतिक्रिया दिनुहोस्