नेपालगन्ज, ६ मंसिर
बाँके क्षेत्र नम्बर २ प्रदेशसभा क्षेत्र (ख)मा जनता समाजवादी पार्टी जसपाका आदेशकुमार अग्रवाल विजयी भएका छन् । आदेशले पाँच हजार चार सय १५ मत ल्याएर विजयी भएका हुन् । उनका प्रमुख प्रतिस्पर्धी नेकपा एमालेका निरकबहादुर गुरुङले चार हजार सात सय ५२ मत ल्याउँदा नेपाली कांग्रेसका सुरेन्द्रबहादुर हमालले चार हजार चार सय ५० मत ल्याए । हमाल निवर्तमान प्रदेश सभा सदस्य एवं लुम्बिनी प्रदेशका वन, वतावरण तथा भू–संरक्षण मन्त्री हुन् ।
अग्रवालका अन्य प्रतिस्पर्धीहरु नेकपा माओवादी केन्द्रका अक्कल बहादुर बमले दुई हजार ६ सय २६, स्वतन्त्र उम्मेदवार अब्दुल हकिम हलवाईले एक जार दुई सय ६३ र स्वतन्त्र उम्मेदवार डा. विनोदकुमार कर्णले एक हजार ६ मत प्राप्त गरेका छन् ।
अग्रवाल उद्योगीका नेताकारुपमा परिचय बनाएका व्यक्ति हुन् । यसका साथै नेकपा माओवादी केन्द्रमा आबद्ध उनी चुनावको मुखमा माओवादी केन्द्र छोडेर जसपामा प्रवेश गरेका थिए । अग्रवालको उमेर ४६ वर्ष रहेको छ ।









प्रतिक्रिया दिनुहोस्