नेपालगन्ज: बाँके क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्यको पहिलो चरणको मतगणना सकिएको छ । पहिलो चरणमा ४ हजार २ सय ३७ मतगणना गर्दा राप्रपाका
डा.धवल समशेर राणाले २ हजार २ सय ५४ मत प्राप्त गरेका छन् ।
उनलाई जसपाका मोहमद इश्तियाकले पछ्याइरहेको छन् । उनले १ हजार १ सय १३ मत ल्याएका छन् । यस्तै नेपाली कांग्रेसका सुदिप नरर्सिङ राणा ले ३०२ मत ल्याएका हुन् । त्यहाँ २३९ मत बदर भएको छ । यो पहिलो चरणको हो । अहिले धवलले लिइरहेको अग्रता नेपालगन्जको दक्षिणी क्षेत्रको मत गणना हुँदा कम हुने बताइएको छ ।अहिले धवलले लिइरहेको अग्रता नेपालगन्जको दक्षिणी क्षेत्रको मत गणना हुँदा कम हुने बताइएको छ ।बाँके क्षेत्र नम्बर २ को दोस्रो राउन्डमा ८९५८ मत गणना गरिंदै छ ।
प्रकाशित मिति : २०७९ मंसिर ५ गते सोमबार









प्रतिक्रिया दिनुहोस्