पूर्वी रुकुमको मत गणना बेलुका मात्रै हुने



पूर्वी रुकुमको मत गणना बेलुका मात्रै हुने भएको मुख्य निर्वाचन अधिकृत श्यामलाल घिमिरेले बताए ।

‘हिजो मतदान हुँदाहुँदै रात प¥यो । मत पेटी संकलन नै गर्न सकिएन । अहिले साथीहरू मत पेटी लिन जानु भएको छ’ घिमिरेले भने, ‘आज दिनभरिमा मत पेटी ल्याउन सक्नुभयो भने बेलुकादेखि मत गणना सुरु हुन सक्छ ।’

यस क्षेत्रबाट प्रतिनिधि सभामा सत्ता गठबन्धनबाट माओवादीका पूर्णबहादुर घर्ती एमालेबाट कैलाश मल्ल उम्मेदवार छन् ।

  • No tags available
प्रकाशित मिति : २०७९ मंसिर ५ गते सोमबार