कोहलपुर नगरपालिकाको शिक्षा विज्ञमा शाह र प्रेस संयोजकमा ढकाल नियुक्त



बाँके ।

कोहलपुर नगरपालिकाको कार्यपालिका बैठकले शिक्षा विज्ञ र प्रेस संयोजक नियुक्त गर्ने निर्णय गरेको छ । २७ असोजको कार्यपालिका बैठकले शिक्षा विज्ञको रुपमा जीतबहादुर शाह र प्रेस संयोजकमा दिलबहादुर केसी (प्रियास्मृति ढकाल) लाई नियुक्त गर्ने निर्णय गरेको हो ।

नगरपालिकाका सूचना अधिकारी कर्णबहादुर थापाले शाहलाई शिक्षा विज्ञ र ढकाललाई प्रेस संयोजकमा नियुक्त गर्ने निर्णय भएको जानकारी दिए । नेपालगन्ज निवासी शिक्षा विज्ञमा नियुक्त गरिएका शाह शिक्षाविद् तथा पूर्व जिल्ला शिक्षा अधिकारी हुन् ।

प्रेस संयोजकमा नियुक्त गरिएका कोहलपुर–९ निवासी ढकाल लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील छन् ।

 

  • No tags available
प्रकाशित मिति : २०७९ कात्तिक ५ गते शनिबार