बाल यौन दुरुपयोग मुद्दामा कैद सजाय पाएका कोहलपुरका खत्री पक्राउ



बाँके ।

बाल यौन दुरुपयोग मुद्दामा फरार रहेका एकजनालाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोहलपुर नगरपालिका– ११ का ३१ वर्षीय प्रकाश खत्री रहेका छन् ।

खत्रीलाई बाँके जिल्ला अदालतले २०७५ फागुन २ गते बालयौन दुरुपयोग मुद्दामा ९ महिना १४ दिन कैद सजायको फैसला गरेको
थियो ।

सोही बेलादेखि फरार रहेका उनीलाई प्रहरीले घरमै लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको बाँके प्रहरीले जनाएको छ । पक्राउ परेका खत्रीलाई आवश्यक कारबाहीको लागि बाँके जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले केही समययता अदालतबाट कैद र जरिवाना तोकिएका फरार प्रतिवादीलाई पक्राउ गरेर अदालतमा बुझाइरहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ असोज ८ गते शनिबार