राप्ती सोनारीले प्रक्रिया नपु¥याइ नियुक्त गरिएका कर्मचारी हटाउन थाल्यो



भदौ ५ गतेको निर्णय कार्यान्वयनका लागि मंगलबार बसेको कार्यपालिका बैठकले पुनः ठाडो आदेश, बिनालाइसेन्स, बिनाविज्ञापन नियुक्त भएका कर्मचारीलाई हटाउने निर्णयलाई सदर गरेको थियो । यो निर्णयसँगै शिक्षा, स्वास्थ्य, पशु शाखाबाट ३२ जनाको करार सम्झौता थप नगरिने गाउँपालिकाले जनाएको छ ।

बाँके ।

राप्तीसोनारी गाउँपालिकाले प्रक्रिया नपु¥याइ नियुक्त गरेका कर्मचारीहरुलाई हटाउने निर्णय गरेको छ । भदौ ५ गतेको कार्यपालिका बैठकले प्रक्रिया नपु¥याइ नियुक्त गरेका कर्मचारी हटाउने निर्णय गरेको हो । गाउँपालिकाका सूचना अधिकारी बालानन्द पौडेलले प्रक्रिया नपु¥याइ नियुक्त गरेका कर्मचारीको म्याद नथप्ने निर्णय गरेको जानकारी दिए ।

‘प्रक्रिया नपु¥याइ भर्ना गरिएका कर्मचारीको असोजदेखि करार सम्झौता नगर्ने कार्यपालिका बैठकले निर्णय गरेको छ,’ उनले भने, ‘प्रक्रियाअनुसार नियुक्त भएका कर्मचारीको मात्र असोजको करार सम्झौता हुन्छ ।’ कार्यपालिका बैठकले कर्मचारी हटाउने निर्णय गरेसँगै बिना प्रक्रिया नियुक्त गरिएका कर्मचारीहरुले नहटाउन माग राख्दै कार्यालयमा निवेदन दिएका छन् । बिहीबारसम्म २७ जना कर्मचारीले निवेदन दिएको सूचना अधिकारी पौडेलले जानकारी दिए ।

‘सेवाबाट नहटाउन माग राख्दै २७ जना कर्मचारीको निवेदन परेको छ,’ उनले भने, ‘आन्तरिक छानबिन भइरहेकोले छानबिन भएपछि कतिको करार म्याद थप नगर्ने निर्णय हुन्छ ।’ गाउँपालिकाका विभिन्न शाखामा ५४ भन्दा बढी कर्मचारीलाई तत्कालीन पालिका अध्यक्ष लाहुराम थारुको ठाडो आदेशमा नियुिक्त गरिएको थियो । उनको ठाडो आदेशमा प्रक्रिया नपु¥याइ नियुक्त गरेका कर्मचारीको करार म्याद असोजदेखि नथप्ने कार्यपालिका बैठकले निर्णय गरेको हो ।

भदौ ५ गतेको निर्णय कार्यान्वयनका लागि मंगलबार बसेको कार्यपालिका बैठकले पुनः ठाडो आदेश, बिनालाइसेन्स, बिनाविज्ञापन नियुक्त भएका कर्मचारीलाई हटाउने निर्णयलाई सदर गरेको थियो । यो निर्णयसँगै शिक्षा, स्वास्थ्य, पशु शाखाबाट ३२ जनाको करार सम्झौता थप नगरिने गाउँपालिकाले जनाएको छ । राप्तीसोनारी अस्पतालमा कार्यरत आठजनाको समेत यो निर्णयसँगै जागिर जानेछ ।

प्रक्रिया नपु¥याइ नियुक्ति गरिएका कर्मचारीबाहेक प्रक्रिया पु¥याएर नियुक्त गरिएका अन्य करारका कर्मचारीको जागिर भने यथावत् रहेको सूचना अधिकारी पौडेलले बताए ।

कर्मचारीको असन्तुष्टि

कर्मचारीहरुले आफूहरुलाई बिना कारण हटाउन नपाइने भन्दै गाउँपालिकामा ज्ञापनपत्र बुझाएका छन् । कार्यपालिका बैठकले प्रक्रिया नपु¥याएर नियुक्त गरिएका कर्मचारीलाई हटाउने निर्णय गरेसँगै कर्मचारीहरुले ज्ञापनपत्र बुझाएका हुन् । आन्दोलनको अगुवाइ गरिरहेका सन्तोष थारुले आफूहरु धेरैको संख्यामा पीडित कर्मचारी रहेको भन्दै विभिन्न मागसहित ज्ञापनपत्र बुझाएको जानकारी दिए ।

कर्मचारीहरुले दसैंतिहारको पेश्की रकमसहित पुनर्वहाली गर्नुपर्ने, सोही पदमा नियुक्त गर्नुपर्ने, सोही पदका लागि विज्ञापन खोल्न नपाउने र माथि उल्लेखित शर्त सबै लिखितरुपमै सम्झौता हुनुपर्ने लगायतको माग राखेका छन् । माग पूरा नभए चरणबद्धरुपमा आन्दोलन चर्काउँदै लैजाने जागिर गुमाएका कर्मचारीहरुले चेतावनी दिएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७९ असोज ७ गते शुक्रबार