नेपालगन्ज ।
नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत दुईजना संक्रमितको मृत्यु भएको छ । बर्दियाका ८५ वर्षीय पुरुष र कैलाली टीकापुरकी १२ वर्षीया बालिकाको मृत्यु भएको अस्पतालले जनाएको छ ।
अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. बद्री चापागाईंका अनुसार भदौ १४ गते र १९ गते भर्ना भएका उनीहरुको बुधबार एकै दिन मृत्यु भएको हो । अब बाँकेमा नेपालगन्जका पाँचजनासहित आठजना डेंगु संक्रमित उपचाररत छन् ।
बाँकेका सरकारी तथा विभिन्न निजी प्रयोगशालाहरुमा गरिएको परीक्षणका क्रममा पत्ता लागेका ११ जना संक्रमितमध्ये तीनजना बाँके बाहिरका थिए ।
प्रकाशित मिति : २०७९ भदौ २४ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्