घट्यो सुन–चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?



कोहलपुर ।

सोमबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ । केही दिनदेखि घट्दो क्रममा रहेको सुनको मूल्य आइतबार भने स्थिर रहेको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९५ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ।

सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय रुपैयाँ घटेको हो।

आइतबार छापावाल सुन प्रतितोला ९५ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी ११ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार प्रतितोला ११ सय ७० मा कारोबार भएको थियो। चाँदीको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रुपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ४६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

  • No tags available
प्रकाशित मिति : २०७९ भदौ ६ गते सोमबार