बर्दिया ।
गुलरिया भुरिगाउँ हुलाकी सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ ।
मधुवन नगरपालिका–४ मख्खन चोक नजिकै भे१२प ७३५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो ।
दुर्घटनामा परेर मोटरसाइकलमा सवार २७ वर्षीया सोनिया थारुको उपचारका क्रममा स्थानीय अस्पतालमा मृत्यु भएको बर्दिया प्रहरीले जनाएको छ ।
तिव्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भएर आफैँ दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय बर्दियाले जनाएको छ । सामान्य घाइते भएका मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति : २०७९ साउन २६ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्