सुन प्रतितोला ६ सय र चाँदी ३५ रुपैयाँ बढ्यो



काठमाडौं ।

मंगलबार सुन तथा चाँदी दुवैको मूल्य बढेको छ।

सोमबार नेपाली बजारमा छाापावाल सुन प्रतितोला ९६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। मंगलरबा छापावाल सुन प्रतितोला ६ सय रुपैयाँ बढेर ९६ हजार ९ सय रुपैयाँ कायम भएको छ।

त्यस्तै चाँदीको मूल्य पनि एकै दिन ३५ रुपैयाँ बढेको छ। मंगलरका लागि चाँदी १२ सय ४० रुपैयाँ तोकिएको छ। सोमबार चाँदी प्रतितोला १२ सय ५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

  • No tags available
प्रकाशित मिति : २०७९ साउन २४ गते मंगलबार