सुनको मूल्य फेरि घट्यो, मंगलबार प्रतितोला ९४ हजार ५ सय आइपुग्यो



काठमाडौं ।

केही दिन यता सुनको मूल्य घट्‍ने क्रम जारी छ। सोमबार १०० रुपैयाँ घटेको सुनको मूल्य मंगलबार पुनः तोलामा २०० रुपैयाँ घटेको छ। मंगलबार सुनको बजार मूल्य प्रतितोला ९४ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

साताको पहिलो दिनका तुलनामा १०० रुपैयाँले घट्दै सोमबार प्रतितोला ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि मंगलबार घटेको छ। अघिल्लो दिनको भन्दा १० रुपैयाँ घट्दै प्रतितोला ११ सय ७५ रुपैयाँ भएको छ। कारोबार मूल्य सोमबार प्रतितोला ११ सय ८५ रुपैयाँमा स्थिर थियो।

अन्तर्राष्ट्रिय बजारमा सोमबार स्थिर रहेको सुनचाँदीको मूल्य घटेको छ। मंगलबार सुन प्रतिऔंस १७२८.२९ डलर र चाँदी १९.०३ डलर छ। सोमबार सुन प्रतिऔंस १७४२.३४ र चाँदी प्रतिऔंस १९.३२ डलर थियो।

  • No tags available
प्रकाशित मिति : २०७९ असार २८ गते मंगलबार