
पर्वत ।
महाशिला गाउँपालिका–५ लंखु बनपाखेमा ट्युबवेल डिपबोरिङ्ग सिँचाई आयोजना सञ्चालनमा आएको छ । जिल्लामै पहिलो पटक आयोजना सञ्चालनमा आएको हो ।
आयोजनाको सोमबार एक कार्यक्रमकाबीच महाशिला गाउँपालिकाका उपाध्यक्ष धनसुवा वि.क ले उद्घाटन गरेकी थिइन् । उनले सिँचार्ई आयोजनाले यहाँका कृषकलाई ठूलो राहत मिलेको बताइन् ।
उपाध्यक्ष वि.क ले किसानलाई लक्षित गरी अहिलेको नीति तथा कार्यक्रममा गाउँपालिकाले राहतस्वरुप थुप्रै अनुदानका कार्यक्रम ल्याएकाले बाह्रैबास खेती गरी लाभ लिन पनि आग्रह गरिन् ।

कार्यक्रममा महाशिला गाउँपालिका– ५ का वडाध्यक्ष चन्द्र मल्ल ठकुरीले कृषिमा व्यवसायिकरण गर्नुपर्ने बताउँदैे वडामा उत्पादन बढाई किसानलाई कृषिमा नै आत्मनिर्भर बनाउनेमा जोडदिने बताए ।
भूमिगत जलस्रोत तथा सिँचार्ई आयोजना कार्यालय गण्डकी प्रदेशको आयोजनामा र महाशिला गाउँपालिकाको समन्वयमा करिब २२ लाखको लागतमा सिँचार्ई आयोजना संचालनमा ल्याइएको महाशिला ट्युबवेल डिपबोरिङ्ग सिँचार्ई आयोजना समितिका अध्यक्ष गोविन्द प्रसाद शर्माले जानकारी दिए ।
करिब साढे ३ सय रोपनी जग्गालाई सिँचार्ई गर्न पुग्ने गरी ११० मिटर गहिराईबाट पानी निकालिएको महाशिला गाउँपालिका– ५ का वडासदस्य तिलक जैसीले बताए ।









प्रतिक्रिया दिनुहोस्