कोहलपुर ।
अखिल नेपाल ट्रेड युनियन महासंघका लुम्बिनी प्रदेशका अध्यक्ष एवम् नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य दानबहादुर ओलीले मजदुर अधिकारका लागि अखिल नेपाल ट्रेड युनियन महासंघ र संर्घषशील भएको बताएका छन् ।
मंगलबार कोहलपुरस्थित अखिल नेपाल निर्माण मजदुर संघ कोहलपुरको नगर कमिटीको भवन उद्घाटन कार्यक्रममा बोल्दै ओलीले यस्तो बताएका हुन् ।
माओवादी आन्दोलन र मजदुर आन्दोलनलाई सँगसँगै लैजानु पर्नेसमेत उनले बताए । त्यस्तै उनले टे«ड युनियन ऐन परिमार्जन गरी कार्यान्वयन, गर्नुपर्ने कार्यस्थलबाट निर्वाचनमा मतदान गर्नेलगायतका व्यवस्था हुनुपर्ने माग राखेका छन् ।
प्रकाशित मिति : २०७९ असार ८ गते बुधबार









प्रतिक्रिया दिनुहोस्