जिसस मुगुको प्रमुख र उपप्रमुखमा काँग्रेस निर्विरोध



मुगु ।

जिल्ला समन्वय समिति मुगुको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार निर्विरोध भएका छन् । प्रमुख पदमा काँग्रेसका मञ्जनबहादुर कार्की र उपप्रमुखमा नैली कार्की निर्विरोध भएका हुन् ।

सदस्य पदमा काँग्रेसका झमुरा रावल, दानबहादुर रावल, पञ्चकला नेपाली, सुन्तला मल्ल, सोनाम लामा, ध्रुव विक निर्विरोध भएका छन् ।

सदस्यमै माओवादी केन्द्रबाट कर्णप्रसाद माठागाई र एकीकृत समाजवादीबाट दानबहादुर रावल चयन भएको मुख्य निर्वाचन अधिकृतक पुण्यप्रसाद सापकोटाले बताए ।

काँग्रेस, माओवादी र एकीकृत समाजवादीले गठबन्धन गरी जिसस मुगुमा उम्मेदवारी दिएका थिए ।

तीन दलीय गठबन्धन जोगाउन काँग्रेसको भागमा प्रमुख, उपप्रमुखसहित पाँच जना सदस्य र माओवादी र समाववादीलाई एक(एक सदस्य भाग परेको काँग्रेस सभापति ऐनबहादुर शाहीले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७९ जेठ २९ गते आइतबार