सांसदहरूले राखे मल आपूर्ति र फोहर व्यवस्थापनको माग



काठमाडौं ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरूले मल अभावका कारण किसानहरू समस्यामा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

छलफलमा विषेष समय लिएर सांसद हृदयेश त्रिपाठीले मुलुकमा रासायनिक मल हाहाकार हुँदा पनि सरकारले ध्यान दिन नसकेको आरोप लगाए। उनले यस्तै अवस्था रहेमा यसपाली धानको उत्पादनसमेत घट्ने बताए। सांसद त्रिपाठीले प्रहरीका घुमुवाले विचौलिकाको काम गरिरहेको पनि जिकिर गरे।

सांसद कृष्णबहादुर राईले काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराए। ‘फोहरमैलाले काठमाडौंका बासिन्दालाई अत्यन्तै अप्ठ्यारो भएको छ।

राजधानी भएकाले यसले देशभरका मानिसहरूलाई असर गरिरहेको छ। यसैले फोहर व्यवस्थापनमा सबैको ध्यान पुगोस्’ उनले भने।

 

  • No tags available
प्रकाशित मिति : २०७९ जेठ २६ गते बिहीबार