नेपालगन्ज ।
जिल्ला प्रहरी कार्यालय बाँकेले चोरी मुद्दामा फरार रहेका दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका– १६ बस्ने ४८ वर्षीय अब्दुल सलाम जोलाह र ४० वर्षीय निजामुद्दिन भन्ने रहम तुल्ला अन्सारी रहेका छन् ।
दुबै जनालाई २०७८ फागुन २३ गते बाँके जिल्ला अदालतले चोरी मुद्दामा ३ दिन कैद सजाय र जनही तीस हजार रुपैयाँ जरिवाना तोकेको थियो । अदालतको फैसला लगत्तै फरार रहेका उनीहरुलाई प्रहरीले घरमै लुकिछिपी बसेको अवस्थामा सोमबार पक्राउ गरेको हो ।
पक्राउ परेका दुबै जनालाई आवश्यक कारबाहीका लागि बाँके जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
प्रकाशित मिति : २०७९ जेठ २४ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्