दाङ ।
जिल्ला प्रहरी कार्यालय दाङले लागूऔषध ब्राउनसुगरसहित दुईजनालाई पक्राउ गरेको छ । घोराहीको एक होटलमा ब्राउनसुगरको कारोबार गरिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट दुई ग्राम बढी लागूऔषध ब्राउनसुगर बरामद भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।
घोराहीको सुप्रिम होटेल एण्ड फास्ट फुड नास्ता पसलमा लागूऔषधको कारोबार गर्दैगर्दा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । रुकुमको पुथाउत्तरगंगा गाउँपालिका–७ का २० वर्षीय विशाल बुढामगर र घोराही उपमहानगरपालिका–१६ का ३० वर्षीय रमेश पुनमगर पक्राउ परेका हुन् ।
पक्राउ परेका दुवैजनाको साथबाट प्रहरीले दुई ग्राम ३० मिलीग्राम लागूऔषध ब्राउनसुगर बरामद गरेको छ । पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्